सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानको भूकम्पमा मृत्यु हुने १ हजार नाघे

२०७९ असार ८, ०८:१८ खबर संवाददाता

काठमाडौंः अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी दिएका छन्। उनका अनुसार उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन्।

विकट पहाडी क्षेत्रमा भएको क्षतिको विवरण आउन अझै बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए। भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाँउमा पहिरो गएका र भत्किएका घरहरुको तस्वीर र दृष्यहरु आइरहेका छन्।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो। त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो।

कमेन्ट लोड गर्नुस