सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका पत्रकार रनी विवशलाई पक्राउ गरिएकोप्रति महासंघको आपत्ति

पत्रकार रनी विवश
पत्रकार रनी विवश
२०७९ असार ८, ०६:०५ खबर संवाददाता

धनगढीः नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा कञ्चनपुरबाट प्रकाशित विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले बिनाकारण पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघको सुदूरपश्चिम प्रदेश समितिका अनुसार पत्रकार विवशलाई महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीको समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको थियो। ‘नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै निन्दनीय काम हो’ महासचिव रोसन पुरीले बुधबार विज्ञप्ति जारी गरी भनेका छन्,  ‘महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ।’
 

कमेन्ट लोड गर्नुस