सुदूर नेपाललाई विश्वसँग जोड्दै

मूल्यवृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यालय बझाङलाई अनेरास्ववियुको ज्ञापन पत्र

२०७९ असार ८, ०५:३२ खबर संवाददाता

धनगढीः पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) ले  विरोध गरेको छ। अनेरास्ववियु बझाङले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो। बझाङमा अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय बझाङमा ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ। अनेरास्ववियुले जनताको ढाँड सेक्ने गरि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग राखेको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय बझाङमा अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल बहादुर खातीको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले मुल्यवृद्धि फिर्ता नलिए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। देश यसैपनि चरम आर्थिक संकट तर्फ उन्मुख भएको बेलामा जनताको ढाड सेक्नेगरि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु कदाचित राम्रो काम नभएको अध्यक्ष खातीले बताए। उनले भने, ‘हामीले तत्काल मूल्यवृद्धि रोक्नका लागि अपील गरेका हौँ। हाम्रो यो शान्तिपुर्ण दबावलाई सरकारले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ।’

आफुहरू जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाव दिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने अनेरास्ववियुका बझाङ जिल्ला उपाध्यक्ष पुस्कर दौल्यालले बताए। सरकारले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए।
 

कमेन्ट लोड गर्नुस