सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला भलिबल संघको अध्यक्षमा ऐरी

२०७९ असार ८, ०४:३९ खबर संवाददाता

दार्चुलाः जिल्ला भलिबल संघ दार्चुलाको अधिवेशनले प्रेमसिंह ऐरीलाई अध्यक्षमा चयन गरेको छ। सदरमुकाम खलंगामा बुधबार भएको भेलाले ऐरीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो।

संघको उपाध्यक्षमा सुरेशसिंह धामी र भोजराज जोशीलाई चयन गरेको छ। महासचिवमा दिनेश निरौला, कोषाध्यक्षमा विरदेव भट्ट चयन भएका छन्।सदस्यहरु महिलातर्फ अनिता धामी, लोरेन्स ठगुन्ना र गोमती जोशी तथा पुरुषतर्फ गगनसिंह धामी, प्रेमसिंह धामी चयन भएका छन्।

नेपाल भलिबल संघका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाको उपस्थितिमा समिति चयन गरिएको संघका उपाध्यक्ष भोजराज जोशीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस