सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका मल्ल एन्फाको केन्द्रीय सदस्यमा विजयी

२०७९ असार ७, १२:४६ खबर संवाददाता

धनगढी:  अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय सदस्यमा कैलालीका अनिल मल्ल विजयी भएका छन्। अध्यक्षमा निर्वाचित पंकज विक्रम नेम्वाङको टीमबाट उम्मेदवार बनेका मल्ल एन्फाको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

१३ सदस्यीय खुल्लाका लागि ३२ जना प्रतिस्पर्धामा थिए। जसमध्ये केन्द्रीय सदस्यमा मनिष जोशी ९४८०, अनिल मल्ल ९४७० रबिन्द्र चन्द ९४६०, विकास नारायण श्रेष्ठ ९४४०, भोजराज शाही ९४४०, महेन्द्र क्षेत्री ९४४०, पुरुषोत्तम थापा ९४३०, रमेश ब्यन्जनकार ९४३०, मनिराज विष्ट ९४२०, टिका लामा ९४१०, भरत बुढथापा ९४०० मत प्राप्त गर्दै निर्वाचित भए।

निवर्तमान अध्यक्ष शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत पाए। अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन्।

कमेन्ट लोड गर्नुस