सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनमाथि नेपालको शानदार जित, पुग्यो सेमिफाइनलमा

२०७९ असार ६, ११:५६ खबर संवाददाता

काठमाडौं: नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् ।

बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिइन। त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

नेपालले ३ खेलमा ६ अंक जोडेको छ।  नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

कमेन्ट लोड गर्नुस