सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलिताल गाउँपालिकाविरुद्ध सबैभन्दा बढी उजुरी

२०७९ असार ५, ०४:०८ खबर संवाददाता

डडेल्धुरा: ७ स्थानीय तह रहेको डडेल्धुरामा सबैभन्दा बढी आलिताल गाउँपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त गाउँपालिकाविरुद्ध ८ उजुरी परेको जनाएको छ। जसमध्ये २ र्फछौट भएको कार्यालयले जनाएको छ।

जिल्लामा गत आर्थिक वर्षबाट सरि आएका २४ र चालु आवमा दर्ता भएका ११ गरी जम्मा ३५ उजुरी परेका छन्।  जसमध्ये चालु आर्थिक वर्षमा १२ वटा उजुरी फछर्यौट भइसकेको र २३ उजुरी फछर्यौट हुन बाँकी रहेको सूचना अधिकारी एवं शाखा अधिकृत चन्द्रकान्त बस्नेतले बताए। 

तीमध्ये सबैभन्दा बढी आलिताल गाउँपालिकाका ६, अजयमेरुका ५, परशुराम, अमरगढी नगरपालिकाका र नवदुर्गा गाउँपालिकाका ३–३ तथा गन्यापधुरा गाउँपालिकाका २ र भागेश्वर गाउँपालिकाका १ उजुरी फछर्यौट हुन बाँकी रहेका उनले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस