सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

फाइल फोटो
फाइल फोटो
२०७९ असार ४, ०४:३८ खबर संवाददाता

काठमाडौँ: मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ। शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो। किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर मात्र ८२  रन बनाउन सक्यो।

जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ। जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

कमेन्ट लोड गर्नुस