बझाङमा १२ वर्षीया बालिका बलात्कृत, ३ जना पक्राउ
बझाङ: बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ बालक पक्राउ परेका छन्। बुङ्गल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका ३ जना बालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४ १५ र १६ वर्षीय बालकलाई पक्राउ गरेको हो। जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइमा गएको बेला तीनै जनाले सामुहिक बलात्कार गरेको पीडित पक्षले जनाएको छ।
तीनै जनाले बलात्कार गरेको कसैलाई भनेमा मार्ने धम्की दिएको र बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाई भएको पीडितका आफन्तले बताएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलिले तिनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक जनक ढुंगानाले जानकारी दिए।