मङ्कीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि
काठमाडौं: मङ्कीपक्स भाइरसको आशंका गरिएका २६ वर्षीय पुरूषमा कुष्ठरोग लागेको पुष्टि भएको छ। विदेशबाट आएका एक व्यक्तिको हात लगायतमा फोका देखिएपछि बिहीबार मङ्कीपक्सको आशंका गरिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो। उक्त व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोगको जिवाणु भेटिएको शुक्रराज ट्रफिकलकी प्रवक्ता डाक्टर संगिता कौशल मिश्राले विज्ञप्ति मार्फत बताएकी छन्। 