सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नालापानी’ फिल्म तिहारमा प्रदर्शनमा आउने

२०७९ असार ३, ०३:३५ खबर संवाददाता

काठमाडौँ: फिल्म ‘नालापानी’ अगामी तिहारमा प्रदर्शनमा आउने भएको छ। निर्देशक रिमेश अधिकारीले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म ४ कार्तिकमा रिलिज हुने जानकारी दिए। 

चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ अवार्ड पाउन सफल फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले देखाएको साहसिक कदमको बिषयमा बनेको हो। फिल्ममा नेपालीको वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएको निर्देशक अधिकारीले बताए। 
 

कमेन्ट लोड गर्नुस