सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुटानलाई नेपालको मध्यम लक्ष्य

२०७९ असार ३, १०:३४ खबर संवाददाता

काठमाडौं : नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को पहिलो खेलमा भुटानलाई ९५ रनको लक्ष्य दिएको छ। युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो।

नेपालका कप्तान रुविना क्षेत्रीले २१ र काजल श्रेष्ठले सर्वाधिक २० रन बनाइन्। भुटानकी सोनम पाल्डनले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिइन्।

कमेन्ट लोड गर्नुस