सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको प्राथमिकतामा परेन खेलकुद, १६ करोड मात्रै बजेट 

२०७९ असार १, ०६:०० खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र नपरेको पाइएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा खेलकुद प्राथमिकतामा नपरेको हो। 

अघिल्लो आर्थिक वर्षको भन्दा बजेट बढाइएको भए पनि खेल क्षेत्रका लागि पर्याप्त हुने देखिएको छैन। अर्थमन्त्री रावलका अनुसार सुदूरपश्चिमको खेल क्षेत्रका लागि प्रदेश सरकारल १६ करोड २० लाख बजेट विनियोजन गरेको छ। राष्ट्रिय खेलकुदको तयारी र खेलाडी छनोटका लागि ९० लाख मात्रै विनियोजन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस