डोटीको बोगटानका कार्यपालिका सदस्यहरुले १७ दिनसम्म शपथ लिन पाएनन्
धनगढीः डोटीको बोगटान–फुड्सिल गाउँपालिकाको कार्यपालिका सदस्यहरुले १७ दिनसम्म शपथ लिएका छैनन्। माओवादी केन्द्रबाट विजयी गाउँपालिका अध्यक्ष कमल गडसिलाले उनीहरुलाई शपथ खुवाएका छैनन्।
७ वडा रहेको गाउँपालिकाको कार्यपालिकामा १५ जना सदस्य रहेका छन्। गाउँकार्यपालिकाको जेठ १५ गते निर्वाचन भएको थियो। निर्वाचनपछि गाउँपालिका अध्यक्ष नभेटिएको वडाध्यक्षहरुले बताएका छन्। पटक–पटक अध्यक्षलाई सम्पर्क गर्दा पनि बेवास्ता गरिएको उनीहरुले बताए।
काँग्रेस र एमालेबाट तीन÷तीन जना गरी कार्यपालिकामा ६ सदस्य मनोनित गरिएका छन्। गाउँपालिकाका अध्यक्ष गड्सिलाले भने आफू कार्यक्रममा रहेकोले शपथ खुवाउन नपाएको बताए।