सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिकलसेलका विरामीलाई एक लाखसम्मको निःशुल्क उपचार अपुग

फोटो : सिकलसेल नेपालबाट
फोटो : सिकलसेल नेपालबाट
२०७५ फाल्गुन ६, ०७:१७ कमल सावद

धनगढी उप–महानगरपालिका वडा नम्बर १६ भादाका रविन चौधरी २३ बर्षको भए। उनलाई सिकलसेल भएको पनि ६ बर्ष पुग्यो। १७ वर्षको उमेरमा कक्षा १० मा अध्ययन गर्दा रविनको रगत परिक्षणका लागि काठमाडौँ पठाइयो। उनलाई सिकलसेल भएको पुष्टी भयो। दैनिक रुपमा औषधि सेवन गरिरहेका छन्।  रोगका कारण उनको शिक्षाको यात्रा पनि कक्षा १० मा नै रोकियो।

उनले एक लाख २० हजारको औषधी सेवन गरिसकेका छन्। जीवनभरका लागि सरकारले एक लाख बराबरको औषधी उपचारका लागि दिने गरेको छ। तर सरकारले दिएको सेवा उपभोग गर्दा पनि उपचार गर्न नपुगेकोले व्यक्तीगत रुपमा आफ्नै खर्चमा उपचार उनले बताए। सेती अञ्चल अस्पताल धनगढीबाट चार सय ९५, घोडाघोडी अस्पताल सुखडबाट दुई सय २० जनाले सिकलसेलको उपचार सेवा लिइरहेका छन्।

टिकापुर अस्पताल र महाकाली अञ्चल अस्पतालसंग भने एकिन तथ्यांक छैन्। महाकाली अञ्चल अस्पतालले सेती अञ्चल अस्पतालमा सेवाका लागि विरामी पठाउने गरेको बताएको छ। विरामीहरुले सिकलसेलको उपचारका लागि तोकिएका स्वास्थ्य संस्थामा गएर एक लाखसम्मको उपचार निशुल्क गर्न मिल्नछ । तर यसले बाँचुन्जेलसम्मका लागि उपचारहुन नसक्ने सिकलसेलका विरामीहरु सिकलसेल नेपालका अधिकृत भीम कुस्मीको भनाई छ।

स्थानीय तह र प्रदेश सरकारले आफुहरुलाई सहयोग गर्ने आशा गरेका सिकलसेलका विरामीहरुले संघीय सरकारले दिने एक लाखसम्मको उपचार पनि पाउन मुस्किल भईरहेको गुनासो गरेका छन्। उनीहरुले स्थानीय र प्रदेश सरकारले आफुहरुका लागि कुनै कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन्।

प्रदेश सरकारले सिकलसेलका विरामीका लागि एक करोड ६० लाख रकम विनियोजन गरेको थियो। तर कार्य विभि नबनेको भन्दै एक रुपैया पनि खर्च नगरिएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए। सिकसेलका विरामीहरुले सेवन गर्ने औषधी महँगो रहेकोले पनि सरकारले दिने एक लाखको सहयोग कम भएको विरामीहरुको गुनासो रहेको छ । त्यसैले उनीहरुले आफुहरुको उपचार रकम बवढाउन तथा स्थानीय प्रदेश सरकारलाई सहयोगका लागि माग समेत गरेका छन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस