सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह

२०७९ असार १, ०८:५५ खबर संवाददाता

काठमाडौं: गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छिन्। मंगलबार चितवनको बाराही जंगल लजमा उनीहरुले विवाह गरेका हुन्।

विवाहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो। आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन्। इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। 

कमेन्ट लोड गर्नुस