सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसीले हटायो क्यानमाथिको प्रतिबन्ध

२०७९ जेठ ३१, ०६:३० खबर संवाददाता

काठमाडौंः अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ। यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो। तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस