सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी अस्पतालमा अक्सिजन प्लान्ट 

२०७९ जेठ ३०, ०६:४४ खबर संवाददाता

डोटी: जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन्।

गत आर्थिक वर्षमै जडान हुनुपर्ने भएपनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान भएको हो। प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानको लागि ८० लाख बजेट छुट्याइएको भएपनि ठेक्कामार्फत ६५ लाख २५ हजारमा जडान गरिएको जिल्ला अस्पताल डोटीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस