सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देवर–भाउजू मृत फेला 

२०७९ जेठ ३०, ०५:४८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा २ जनाको शव फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो। आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।  मृतक दुवै नातामा देवर भाउजू रहेको प्रहरीले बताएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस