कञ्चनपुरमा लागुऔषधसहित एकजना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो बेल्डाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारतको पिलभित ग्राम पञ्चायत थाना हजारा टारगन्ज बस्ने २६ वर्षीय जसबिन्दर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको साथबाट १० ग्राम ३८० मिलिग्राम खैरौ हिरोइन र भारतीय रुयैयाँ ५ हजार फेला परेको कञ्चनपुर प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।