सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ लाख मेट्रिक टन मल तत्काल चाहियो: सांसद अधिकारी  

२०७९ जेठ ३०, ०४:२५ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका सांसद खगराज अधिकारीले भारतबाट ल्याउने भनिएको जीटूजीको मल आइपुग्ने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

संसदमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले ४ लाख मेट्रिकटन मल तत्काल उपलब्ध गराउन माग गरे।

किसानलाई तत्काल मल आवश्यक भएको भन्दै उनले सम्झौताको मल कहिले आइपुग्छ भन्ने सुनिश्चित हुनुपर्ने माग गरे। उनले भने, ‘भारतसँग सम्झौता गरेको भनेको मल कहाँ छ ? कहिले आइपुग्छ ? कि भदौ असोजतिर आउने हो?’

नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव भएको भन्दै अधिकारीले यस पटकको मल अभावले उत्पादन घट्ने बताए। विश्व खाद्य संकटको पूर्वसन्ध्यमा मल अभाव भएर उत्पादन घटे सरकारले आगामी संकट चिर्न सक्ने पनि उनले बताए।

कमेन्ट लोड गर्नुस