डडेल्धुराको परशुराम नगरपालिकाको पहिलो कार्यपालिका बैठक लाइभ
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएपछिको पहिलो कार्यपालिका बैंठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गरेको छ।
जनप्रतिनिधिहरुले गर्ने हरेक काम पारदर्शी हुनुपर्ने भन्दै नगरप्रमुख भरत बडायर जोशीले पहिलो कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गराएका हुन्। पहिलो कार्यपालिका बैठकमा मेयर जोशीले बैठकको निर्णयका लागि ७ वटा एजेण्डा प्रस्तुत गरेका छन्।