सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटालीमा पुनः बढ्यो कोभिड सङ्क्रमण दर

२०७९ जेठ २८, १०:४७ खबर संवाददाता

रोमः इटालीको कोरोनाभाइरस सङ्क्रमण दर फेरि बढेको छ। सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ। इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले (आइएसएस) शुक्रबार दिएको विवरणअनुसार बिहीबार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण देखिएको छ।

यो वृद्धि अघिल्लो हप्ताभन्दा १५ व्यक्तिले बढी हो। शुक्रबारसम्म इटालीमा कोभिड–१९ का छ लाख २० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए । यो २८ डिसेम्बर २०२१ देखिको सबैभन्दा कम संख्या हो।

महामारीको चरम अवस्थामा इटलीमा करिब २८ लाख सक्रिय सङ्क्रमित रहेका थिए। इटली कोभिडका कारण सुरूमा बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक हो। शुक्रबार इटलीमा करिब २१ हजार ५०० नयाँ संक्रमणहरू भए र यो अघिल्लो दिनको तुलनामा २०० भन्दा कम हो। यसैबीच, अघिल्लो २४ घण्टामा ५२ जना नयाँ कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भएको पनि सरकारी विवरणमा उल्लेख छ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस