देशभर थप १७ जनामा कोरोना संक्रमण
२०७९ जेठ २७, ०५:१०
काठमाडौंः पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन्।
कमेन्ट लोड गर्नुस