घट्यो सुनको मुल्य
काठमाडौँ: आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदि व्यवसाय महासंघको अनुसार हिजो ९बिहिबार० प्रतितोला ९८ हजारमा कारोबार भएको छापावाल सुन आज ९शुक्रवार० प्रतितोला ९७ हजार ७ सयमा कारोबार हुने छ। यस्तै, हिजो प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको तेजाबि सुन आज ९७ हजार २ सयमा कारोबार हुने भएको छ।
यस्तै, महासंघको अनुसार नेपाली बजारमा चाँदिको मुल्य हिजोको तुलनामा १५ रुपैयाले घटेको छ। हिजो एक हजार २८० मा कारोबार भएको चाँदि आज एक हजार २६५ मा कारोबार हुने भएको हो।