कञ्चनपुरको बेलौरी नगरपालिकामा आज बिदा
२०७९ जेठ २७, १०:१५
धनगढी: शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिकामा बिदा दिइएको छ। नगरपालिकामा कार्यरत खरिदार नारायण रानाको बिहीबार निधन भएपछि आज शोक बिदा दिइएको हो।
नगरपालिकाले आज सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरुमा शोक बिदा दिइएको जनाइएको हो।
कमेन्ट लोड गर्नुस