देशभर थप २२ जनामा कोरोना कोरोना संक्रमण पुष्टि
२०७९ जेठ २६, ०९:२२
काठमाडौंः देशभर थप २२ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ११२ जना होम आइसोलेसनमा रहेका छन्।
कमेन्ट लोड गर्नुस