बैतडीका जनप्रतिनिधिलाई विद्यार्थीले बुझाए ज्ञापन पत्र
धनगढीः दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जनप्रतिनिधिलाई ज्ञापन पत्र बुझाएको छ। आज धनगढीमा विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै उक्त संगठनमा आवद्द विद्यार्थीहरुले बैतडीका निर्वाचित जनप्रतिनिधिलाई ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापनपत्र मार्फत उनीहरुले पढाइको सिलसिलामा बैतडीबाट कैलाली आएका विद्यार्थीहरुको समस्या सामाधानका लागि पहल गर्न माग गरेका छन्। यस्तै शिक्षा क्षेत्रको विकासका लागि काम गर्न सुझाएका छन्।

