सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो सुनको मूल्य

२०७९ जेठ २६, ११:३५ खबर संवाददाता

काठमाडौ: साताको कारोबारको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको हो। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ। बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस