सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिसस कञ्चनपुरमा कांग्रेसका उम्मेदवार निर्विरोध, अध्यक्षमा बोहोरा

२०७९ जेठ २६, १०:३४ खबर संवाददाता

कञ्चनपुर:  जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। जिसस प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहोरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भएका हुन्।

यहि जेठ ३० गते हुने जिसस निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुख र उपप्रमुखमा अन्य दलबाट उम्मेदवारी नपरेपछि बोहोरा र राना निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै सदस्यमा पनि सबै निर्विरोध निर्वाचित भएका छन्।  जिसस सदस्यमा जयसिंह विष्ट, रामसिंह भण्डारी, मोहन महता, अन्जुदेवी राना, लीला चौधरी, चन्द्रवती थापा र विमलाकुमारी सार्की निर्विरोध निर्वाचित भएका हुन्।

कमेन्ट लोड गर्नुस