कञ्चनपुरको शुक्लाफाँटाका विद्यालय दुई दिन बन्द हुने
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विद्यालय अत्यधिक गर्मीका कारण दुई दिन बन्द हुने भएका छन्। नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै २६ र २७ गते दुई दिन नगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।
लामो विदाबाट मिलान हुने गरी २ दिन विदा दिने निर्णय भएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। यसअघि गर्मी अत्यधिक बढेको भन्दै भीमदत्त, बेदकोट र कृष्णपुर नगरपालिकाले विदा दिने निर्णय गरिसकेका छन्।