सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अढाई महिनापछि कोरोना देखियो, एकैदिन ३ जनामा संक्रमण 

२०७९ जेठ २५, ०३:०८ खबर संवाददाता

धनगढीः कञ्चनपुर कञ्चनपुरमा आज ३ जनामा कोरोना संक्रमण देखिएको छ। भारतबाट नेपाल भित्रिएका ३ जनामा कोरोना देखिएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज तर्कराज भट्टले बताए। उनका अनुसार मंगलबार (हिजो) एक जनामा कोरोना संक्रमण देखिएको थियो।

‘फागुन अन्तिम सातापछि पहिलो पटक कोरोना संक्रमित बढ्न थालेका हुन्,’ उनले भने, ‘यसअघि महिनामा २र३ जनामा मात्रै कोरोना पोजेटिभ देखिन्थ्यो, अहिले दुई दिनमै ४ जनामा कोरोना देखियो, सतर्कता अपनाउन जरुरी छ।’ कोरोना पोजेटिभहरूलाई महाकाली अस्पताल रिफर गरिएको छ।

कमेन्ट लोड गर्नुस