गर्मी बढेपछि बेदकोटमा ३ दिन विद्यालय बन्द गर्ने निर्णय
२०७९ जेठ २४, ०५:३४
कञ्चनपर: कञ्चनपरको बेदकोट नगरपालिकाले बुधबारदेखि तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। गर्मी बढेपछि पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले विद्यालय बन्द गर्न निर्णय गरेको हो।
गर्मीले, विद्यार्थी, र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस