सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ जेठ २४, ०४:१८ खबर संवाददाता

काठमाडौंः देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार १२० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ३५६ जनाको एन्टीजेन परीक्षणमा २१ जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
जसमध्‍ये १०७ जना होम आइसोलेसनमा रहेका छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५०९पुगेको छ भने, ९ लाख ६७ हजार १५४ जना संक्रमणमुक्त भएका छन्।

कमेन्ट लोड गर्नुस