दार्चुलामा एकल महिलामाथि बलात्कार, २ जना पक्राउ
दार्चुला: दार्चुलामा एकल महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद छन्।
शुक्रबार जबरजस्ती करणी गरेको दुई मुद्दा दर्तापछि उनीहरुलाई पक्राउ गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। धामी र कार्कीले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्।
महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ। शैल्यशिखर नगरपालिका–९ बस्कोटका साउदले भने जेठ १९ गते जबरजस्ती करणी गरेको पीडित महिलाको जाहेरीमा उल्लेख छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।