सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित एकजना पक्राउ

२०७९ जेठ २२, ०५:२१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाको बेलौरी नगरपालिका– १० स्थित शिवनगरका ३८ वर्षीय बलराम चौधरीलाई आइतबार दिउँसो भारतबाट नेपाल आइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

उनको साथबाट १२.११ ग्राम लागूऔषध खैरो हिरोइन जस्तो खैरो धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस