डोटी जिससको प्रमुख-उपप्रमुखमा कांग्रेसका सिंह र चुनारा
धनगढीः नेपाली कांग्रेस डोटीले जिल्ला समन्वय समितिको प्रमुख लक्ष्मणबहादुर सिंहलाई बनाउने भएको छ। जिल्ला कार्यसमितिका पूर्व उपसभापति रहेका सिंहलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउने कांग्रेस डोटीले जनाएको छ। यस्तै उपप्रमुखमा स्मृति चुनाराको नाम टुंग्याएको छ। ९ स्थानीय तह रहेको डोटीमा कांग्रेसको एकल जिल्ला समन्वय समिति बन्दै छ।
कांग्रेसले जिल्लाका दुई नगरपालिकाका मेयर÷उपमेयर, ५ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र एक गाउँपालिकाका उपाध्यक्ष गरी जिल्ला सभाका १५ सदस्य जितेको छ। एक गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष एमालेले जित्दा एक गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ।