सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा मातृ र शिशु मृत्युदर घटाउन थप चुनौती

२०७५ फाल्गुन ४, १२:०२ रोशन भट्ट

सुदूपश्चिममा प्रसुति सहितका २९ ओटा स्वास्थ्य चौकी तराईका जिल्लामा स्थापना हुने भएपछि  पहाडी क्षेत्रका वासिन्दा सहज स्वास्थ्य सेवाबाट बन्चित हुने भएका छन। संघीय सरकारले सबै स्थानीय तहमा एक अस्पताल र सबै वडामा एक स्वास्थ्य चौकी निर्माण गर्ने अवधारण अघि सारेसंगै सुदूरपश्चिममा पहिलो चरणमा १ सय ५१ ओटा नयाँ स्वास्थ्य चौकी निर्माण हुने भएका छन। जस मध्य २९ ओटा प्रसुति सहितका स्वास्थ्य चौकी निर्माण हुने भएका छन। सुदूरपश्चिमका ९ जिल्ला मध्य तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्र प्रसुति सहितका स्वास्थ्य चौकी निर्माण हुने भएका हुन। २९ मध्ये कैलालीमा २५ र कञ्चनपुरमा ४ ओटा निर्माण हुने भएका हुन।  पहाडी जिल्लामा सुरक्षित प्रसुती केन्द्र नहुँदा धेरै आमा तथा वच्चाले ज्यान गुमाईरहेका छन भने नेपाल सरकारको लक्ष्य अनुसार मातृ तथा शिशु मृत्युदर घटाउन थप चुनौती थपिएको छ। विपन्न नागरिकलाई पनि स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनको लागि स्वास्थ्य संस्थाहरुको सुदृढीकरण एवम स्तर वृद्धि गरी “एक वडा एक स्वास्थ्य चौकी, एक स्थानीय तह, एक अस्पताल” का लागि नीतिगत र संरचनागत रुपमा काम गर्ने बताए संगै सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा १ सय ५१ ओटा नयाँ स्वास्थ्य चौकी निर्माण हुने भनिएका छन्। 

जस मध्य २९ ओटा प्रसुति सहितका छन तर पहाडी जिल्लामा प्रसुति सहितका स्वास्थ्य चौकी निर्माण नहुने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए। संघीय सरकार र प्रदेश सरकारको योजनामा सबै स्थानीय तह र सबै वडामा गुणस्तरीय स्वास्थ्य संस्था विस्तार गर्ने लक्ष्य रहेको छ। सुदूरपश्चिममा १ सय ५१ ओटा मध्ये २९ ओटा प्रसुती केन्द्र सहितका निर्माण हुने भएका छन भने १ सय २२ ओटा सामान्य प्रकारका स्वास्थ्य चौकी निर्माण हुने भएका छन। सामान्य स्वास्थ्य चौकी सम्बन्धित वडाको ७ हजार जनसंख्या २ सय ८६ वर्ग मिटर जग्गा र अनुमानित करिव ३९ लाखको लागतमा निर्माण हुनेछ भने प्रसुति सहितको स्वास्थ्य चौकी ७ हजार भन्दा बढी जनसंख्य ५०९ वर्ग मिटर जग्गा र अनुमानित ६४ लाखको लागतमा निर्माण हुने भएको छ। पहाडी तथा विकट जिल्लामा मातृ मृत्युदर बढी रहेको छ भने मृत्यु हुनुको प्रमुख कारण सुरक्षित प्रसुती सेवा नहुनु देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए। 

सुदूरपश्चिम प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार सन् २०१६ को तथ्याङक अनुसार अरु प्रदेशको भन्दा सुदूरपश्चिम प्रदेशमा मृत्युदर बढी रहेको छ। प्रजनन दर उमेर समूहका प्रति लाखमा देशभरी २ सय ३९ रहेको छ भने सबैभन्दा बढी मृत्यु हुनेको संख्या सुदूरपश्चिम प्रदेशमा नै रहेको छ। सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी बझाङमा ४२ ओटा नयाँ स्वास्थ्य चौकी निर्माण हुने भएका छन भने कैलालीमा २८, कञ्चनपुरमा ७ डडेल्धुरामा ३, डोटीमा १०, अछाममा १६, बाजुरामा ३९, बैतडीमा २ र दार्चुलामा ४ ओटा नयाँ स्वास्थ्य चौकी निर्माण हुने भएका छन भने प्रसुती सहितका स्वास्थ्य चौकी कैलालीमा २५ र कञ्चनपुरमा ४ ओटा निर्माण हुने भएका छन।

पहाडी जिल्लामा सामान्य प्रकारका स्वास्थ्य चौकी बढी निर्माण हुने भएपनि प्रसुती सहितका स्वास्थ्य चौकी पहिलो चरणमा निर्माण नहुने संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयको योजना शाखाका उप सचिव भत्तराज जोशीले बताए। नेपाल सरकारले योजना अवधिभर मृत्यु दर घटाउने, सबै वर्ग तथा समुदायका नागरिकको पहुच स्वास्थ्य संस्थामा पु¥याउने, पुर्ण रुपमा स्वास्थ्य जनसशक्ती तयार पार्ने गुणस्तरीय औषधी तथा स्वास्थ्य सामाग्रीको आन्तरिक उत्पादन गर्ने लगायका अन्य धेरै लक्ष्य राखेको छ। तर पहाडी तथा विकट जिल्ला तथा स्थानीय तहमा प्रसुति सहितका र गुणस्तरिय स्वास्थ्य संस्था स्थापना गर्न नसक्दा यी सबै लक्ष्य पुरा गर्न निकै चुनाौतीपुर्ण देखिएको छ।    

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस