सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि 'फाइजर' खोप

२०७९ जेठ २१, ०६:०१ खबर संवाददाता

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई 'फाइजर' खोप लगाउने बताएका छन्। 

शुक्रवार भिडियोमार्फत उनले सो उमेर समूहका ३९ लाख बालबालिकालाई खोप प्रदानका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने बताए। पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिनेछ।

दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ। अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उनले अनुरोध गरेका छन्। 

कमेन्ट लोड गर्नुस