सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको स्वामीकार्तिकमा कृषक पेन्सन योजना लागु गरिने 

२०७९ जेठ २०, १०:२५ खबर संवाददाता

धनगढी: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा कृषक पेन्सन योजना लागु गरिने भएको छ। कृषि उत्पादन बढाउनुका साथै पालिकावासीलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि कृषक पेन्सन योजना लागु गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

त्यस्तै गाउँपालिकामा फोरजी सहितको एनटीसी टावर निर्माण गरिने, बाजुरा, हुम्ला, मुगु र कालिकोट जिल्लालाई बेस बनाई एक बहुप्राविधिक शिक्षालय खोल्न पहल गर्ने, अपरझट बिरामी र सुत्केरी महिलालाई एम्बुलेन्स सेवा नि:शुल्क गराउने लगायतका निर्णय गरिएको अध्यक्ष रोकायाले बताए। 


 

कमेन्ट लोड गर्नुस