बित्थडचिर गाउँपालिकाले १ हप्ता भित्र जोखिममा रहेका बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने
धनगढी: बित्थडचिर गाउँपालिकाले १ हप्ता भित्रमा गाउँपालिकामा जोखिममा रहेका सम्पुर्ण बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने प्रतिबद्धताको घोषण गरेको छ। यो सँगै वडा स्तरबाट योजना तर्जुमा गर्दा टुहुरा, अपांगता भएका, बिपन्न बालबालिकाको संरक्षणको लागि आवश्यक बजेट बिनियोजन गर्ने र पठनपाठनको अनिवार्य व्यवस्था मिलाउने, जोखिममा रहेका बालबालिकाको संरक्षकत्व ग्रहण गरेका अभिभावकहरुको लागि पालिकाले प्रथामिकतामा राखी सीपमूलक तालिम प्रदान गर्ने र जोखिममा रहेका बालाबालिकालाई सामाजिक सुरक्षा प्रणालीमा जोडन निशुल्क व्यवस्था मिलाउने लगाएको ४ बुद्ध प्रतिबद्धता गरिएको हो।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा बित्थड्चिर गाउँपालिकामा आयोजित सार्वजनिक सेवा प्रवाहमा जोखिममा रहेका बालबालिकाको सहभागीता विषयक १ दिने बैठकमा उक्त प्रतिबद्धता जाहेर भएको हो। बैठकमा रुपान्तरण अभियान संचालन भइरहेको वडा नम्बर २, ४, ५ र ६ मा सहभागी बुवा आमा गुमाएका, अपांगता भएका १० जना बालबालिकाको सहभागीता रहेको थियो।
बैठकमा बालबालिकाहरुले आफुहरुलाई पठान पाठन सामाग्री आवस्यक रहेको बताए थिए भने बालबालिकाको मागलाई सम्बोधन गर्दै वडा नम्बर ४ का वडाध्यक्ष कलक बहादुर बोहराले कुनै पनि बालबालिका संरक्षणबाट बन्चित नहुने गरि योजना तर्जुमा गर्ने र बजेट विनियोजन गर्ने बताए।
त्यस्तै वडा नम्बर ५ का वडाध्यक्ष अनिल सिहं महरले आफ्नो कार्यकालको पहिलो वर्षमा जोखिममा रहेको बालबालिकाको तथ्यांक संकलन गरि आवस्यक योजना तयार गर्ने बताए।
त्यस्तै वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष मान बहादुर बोहराले बिगतको भन्दा फरक तरिकाले बालबालिकाको क्षेत्रमा काम गर्ने बताए। बैठकमा विषय बस्तु माथी प्रकाश पार्दै बासका रुपान्तरण सहजकर्ता राजेस्वरी भट्टराईले रुपान्तरणमा सहभागी केही बालबालिकालाई संरक्षणको निकै जरुरी भएकोले स्थानीय सरकारबाट सहयोग हुनु पर्ने बताए। २२ जनाको सहभागीता रहेको बैठकको सहजीकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए।