बझाङमा जिपले च्यापेर एक बालकको मृत्यु
२०७५ फाल्गुन ४, ०६:४३
बझाङको तल्कोट गाउँपालिकामा जिपले च्यापेर एक बालकको मृत्यु भएको छ। तल्कोट गाउँपालिका वडा नम्वर २ मा से १ ज ६३४ नम्वरको जिपले च्यापेर बालकको मृत्यु भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। जिप व्याक गर्ने क्रमम स्थानीय १२ बर्षिय महेश कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिप प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
कमेन्ट लोड गर्नुस