सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ८४ पूजाको खर्च जोगाएर छात्रवृत्ति कोष स्थापना

२०७९ जेठ १९, ०५:२९ खबर संवाददाता

धनगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिका–५, काटैका शिक्षाप्रमी उमाकान्त जोशीले आफ्नो ८४ वर्षको पूजामा लाग्ने खर्च जोगाएर स्थानीय विद्यालयमा छात्रवृत्ति कोषको स्थापना गरेका छन्। काटैस्थित कटकटेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीका लागि ८४ पूजामा लाग्ने खर्च जोगाएर छात्रवृत्ति स्थापना गरेको उनले बताए। 

‘यस विद्यालयको संस्थापक प्रधानाध्यापक रहेको र जन्मस्थान पनि यहीँ भएकाले विद्यालयको मायाले छात्रवृत्ति स्थापना गरेको हुँ।’ उनले भने। उनले ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस