सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट हावादारी र सेटिङ नै सेटिङको पुलिन्दाः नारदमुनि राना

२०७९ जेठ १९, ०४:५४ खबर संवाददाता

धनगढीः नेकपा एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहीन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट हावादारी, लक्ष्यहिन, गन्न्तव्यहिन र सेटिङ नै सेटिङको पोको रहेको बताएका हुन्। 

संविधानले समाजवाद उन्मुख, स्वतन्त्र र आत्मनिर्भर कुरा गरेको छ। तर, यो बजेटमा यस्ता कार्यक्रमलाई सम्बोधन गर्नेगरी कहीँ पनि उल्लेख भएको भेटिँदैन,’ उनले भने, ‘हामीले भन्नुपर्दा यो बजेट हावादारी, लक्ष्यहिन, गन्तव्यहिन र सेटिङ नै सेटिङको पोको हो। जुन पाना पल्ट्यायो, त्यही पान्नामा सेटिङको गन्ध भेटिन्छ।’ 

बजेट चुनावमुखी, वितरणमुखी र गठबन्धनमुखी रहेको भन्दै उनले कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको आरोप लगाए। 

कमेन्ट लोड गर्नुस