सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडिमालिका नगरपालिकाले आइतबारको बिदा नदिने 

२०७९ जेठ १८, ०८:०३ खबर संवाददाता

बाजुराः बडीमालिका नगरपालिकाले संघीय सरकारको आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। पहिलो कार्यपालिका बैठकबाट पालिकाबासीलाई उक्त निर्णयले सास्ती थपेको भन्दै हटाउने निर्णय गरिएको हो।

बाजुराको सन्दर्भमा उक्त निर्णय अव्यवहारिक रहेकाले पालिकामा आइतबार पनि कार्यालय तथा विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख अमर खड्काले बताए। 

जेठ २३ गतेबाट बिदा खारेजीको निर्णय लागू हुने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस