सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका एक किशोर १० दिनदेखि बेपत्ता 

२०७९ जेठ १८, ०९:०० खबर संवाददाता

धनगढी: डोटीका एक किशोर बेपत्ता भएका छन्। जिल्लाको शिखर नगरपालिका–७ विष्टैका १४ वर्षीय विक्रम रावल बेपत्ता भएका हुन्।

उनी पछिल्लो १० दिनदेखि हराइरहेका बताइएको छ। विक्रमका दाजु हर्क रावलका अनुसार उनी गाउँ नजिकैको खोलामा माछा मार्न भनी गएका थिए। परिवार र गाउँलेले खोजी गरिरहेका भए पनि भेटाउन सकेका छैनन्। बेपत्ता विक्रम सुस्त मनस्थितिका रहेका र कतै भेटिए प्रहरीमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस