सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दमा खानेपानी व्यवस्थापन गरिने 

२०७९ जेठ १७, ०६:५६ खबर संवाददाता

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकामा खानेपानी व्यवस्थापन गरिने भएको छ। जिल्ला सदरमुकाममा रहेको नगरपालिकाको वडा नम्बर ४ ले खानेपानी व्यवस्थापन गर्न पहल गर्ने निर्णय गरेको हो। 

वडा अध्यक्ष भानदेव भट्टको अध्यक्षतामा सोमबार बसेको बैठकले सोतेगाडबाट सदरमुकाममा आउने खानेपानीको पाइप बल्लेजुडामा फुटेकाले मर्मत गरी बृहत खानेपानीको टंकीमा पानि हाल्न नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि वडाको पहिलो बैठकबाट उक्त वडाभित्र रहेका घर परिवारको न्युनतम विद्युत महशुल निशुल्क गर्ने निर्णय गरिएको छ। आगामी साउन महिनादेखी २० युनिट सम्मको शुल्क वडाबाटै भुक्तानि गरिने बताइएको छ।

कमेन्ट लोड गर्नुस