सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवपुरी धाममा महायज्ञ

२०७५ फाल्गुन ३, ०३:१२ खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा बीहिबार देखी महायज्ञ लागेको छ।  धामको विकासका लागि बिहीबारबाट प्राणप्रतिष्ठान महोत्सव तथा हिन्दु महासम्मेलन विराट महायज्ञ सुरु भएको हो। महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे।

फागनु १३ गते सम्म सञ्चालन हुने महायज्ञमा पुराण वाचन गरिने छ। धामका विभिन्न संरचाना निर्माणका लागि महायज्ञ सञ्चालन गरेको शिवपुरी उत्तर रामेश्वरम् ज्योतिर्लिङ्ग धाम समितिका कोषाध्यक्ष कर्णबहादुर जप्रेलले जानकारी दिए।

धाममा प्रखर पुराणवाचक पण्डित सत्यराज अवस्थीबाट संगीतमय भागवत प्रवचन गरिने छ भने विवाह, ब्रतबन्ध, ८४ पूजा लगायतका धार्मिक कार्यहरु पनि हुने आयोजकले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस