स्नातक र स्नातकोत्तर तह पढ्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने
धनगढी: सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक विषयमा स्नातक पढ्दै गरेको र अन्य विषयमा स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले अनिवार्य स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने बताए।
स्नातक र स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले स्थानीय तहको योजना निर्माण र ग्रामिण विकासमा योगदान हुनेगरी स्वयम् काम गर्नु पर्ने भएको हो।