सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट क्लबलाई

२०७९ जेठ १४, ०५:५९ खबर संवाददाता

धनगढी: महेन्द्रनगर क्रिकेट क्लब धनगढी सुपर लिगको विजेता बनेको छ। शनिवार सम्पन्न फाइनल खेलमा २२ रनले लिटल फ्लावरलाई पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लबले सुपर लिगको उपाधि हात पारेको हो।

लिगको विजेता बन्दै महेन्द्रनगर क्रिकेट क्लबले नगद नगद २ लाख प्राप्त गरेको छ भने लिटल फ्लावरले उपविजेतामै चित्त बुझाउनुपरेको छ । उसले नगद १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

 

कमेन्ट लोड गर्नुस